+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटबाट २७ लाख बढी मूल्यका अवैध सामान नियन्त्रणमा

हाम्रो आँखा
२०८३ असार ८, सोमबार ०९:५६

नवलपरासी ।पश्चिम नवलपरासी प्रहरीले २७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी का अनुसार असार ७ गते राति करिब ९:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दघाट नगरपालिका–११ स्थित भित्री सडक खण्डमा बाटोको छेउमा लुकाईछिपाई राखिएको अवस्थामा उक्त सामान फेला पारेको हो।

प्रहरीले अन्दाजी रु. २७ लाख ११ हजार ५ सय ४८ बराबरका सामान बरामद गरेको जनाएको छ। बरामद सामानमा मोबाइल टेम्पर ग्लास ४७ कार्टुन (२३ हजार ५ सय पिस) र हुक्कामा प्रयोग हुने फ्लेभर ३२ कार्टुन (९८४ प्याकेट) रहेका छन्।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्र हुँदै भित्रिने अवैध सामान नियन्त्रणका लागि प्रहरीको निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ