+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुस्ता-कहिलेसम्म बजार्छ एसएसबीले चुस्ता,गुमेको भूमि हाम्रो हो भन्न कुरिरह्यो पुस्ता

हाम्रो आँखा
२०८३ जेष्ठ ३१, आईतवार १३:५९

सुस्ता,पश्चिम नवलपरासी । नेपाल–भारत सीमामा पर्ने सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को गतिविधिलाई लिएर स्थानीयवासीमा पुनः आक्रोश बढेको छ। पटक–पटक नेपाली भूमिमा प्रवेश, सीमाक्षेत्रमा अनावश्यक हस्तक्षेप तथा स्थानीयलाई त्रसित बनाउने गतिविधि दोहोरिँदा पनि सम्बन्धित निकायले प्रभावकारी पहल गर्न नसकेको भन्दै स्थानीयले व्यापक आक्रोश ब्यक्त गरेका छन्।

पुर्जा हातमा भएर पनि आफ्नो जग्गा भारतको अतिक्रमणमा परेको सुस्ताका आदम हुसेन खाँले पीडा पोखे ।२०६२ सालसम्म आफुहरुले जोतभोग गरिरहेको ३ दाजुभाईको अंशमा रहेको करिब साढे तेह्र बिघा जग्गा सोही समय देखि भारतिय अतिक्रमणमा परेको उनले बताए ।

शसस्त्रका तत्कालीन डिएसपी जगत नारायण श्रेष्ठका कारण जग्गा भारतले अतिक्रमण गर्यो :खाँ

खाँ का अनुसार तत्कालिन समयमा शसत्रका डिएसपी जगत नारायण श्रेष्ठको कमाण्डमा सुस्तामा प्रहरिको गण बसेको थियो ।सोही समयमा बाटो निर्माण गर्ने क्रममा उत्तर तर्फ रहेको आफ्नो जग्गाबाट डिएसपी श्रेष्ठले बाटो निर्माण गरिदिए पछि भारतलाई बल पुगेको र आफ्नो झन्डै साढे १३ बिघा जग्गा भारतिय अतिक्रमणमा परेको उनको दावी छ “बकाईदा नापजाँच भएको हाम्रो नेपालकै जग्गा हो तर डिएसपिको गल्तिले हाम्रो जग्गा गुम्यो”खा को आरोप छ ।त्यसपछि भारतिय हरुले उक्त जमिन अतिक्रमण गरेर जोतभोग गर्न थालेको उनको भनाई छ ।

२०६२ सालमा साविक सुस्ता पन्चायतका ७ वटै वडाका जमिन भारतिय अतिक्रमणमा परेपछी सुस्ता बचाउ अभियानका अगुवा स्व.गोपाल गुरुङ र आफ्नो नेतृत्वमा तत्कालिन सिडियो निरन्जन बराल कहा आफुहरु डेलिकेसन गएको स्मरण गर्दै खाले भने -“हामी उता डेलिकेसन गयौ यता झन्डै २ हजारको संख्यामा भारतियहरु ट्याक्टरमा आएर अतिक्रमण गर्न खनजोत गर्न सुरु गरे तर तत्कालिन प्रशासनले हाम्रो सुनुवाई गरेन र हाम्रो भुमी गुम्यो,उल्टै हामिमाथी नै अत्याचार भयो सुस्ता पन्चायतका साविकका ७ वटै वडा धनैया भन्ने ठाउँमा पर्ने उनले जानकारी दिए ।

प्रधानमन्त्रीको बोलीले पछिल्लो समय भारतिय सेना मात्रै होईन सिमा क्षेत्रका भारतिय जनतालाई समेत थप बल पुगेको खाँ बताउँछन ।”प्रधानमन्त्री बोल्दिनु भो उनिहरुलाई थप शक्ति आयो,हाम्रो पिडा कस्ले सुन्ने ,पीडा बुझ्न सुस्ता आउनुस बाहिर बोलेजस्तो कहाँ छ र”उनले पीडा पोखे ।

हालै एसएसबीका केही सुरक्षाकर्मी पूर्वसूचना र समन्वयबिना सुस्ता क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका थिए। स्थानीयको प्रतिकारपछि उनीहरू फर्किएको बताइए पनि यस्ता घटना नयाँ नभएको सुस्तावासीको भनाइ छ। सीमाक्षेत्रमा हुने यस्ता गतिविधिले स्थानीयको सुरक्षाबोध कमजोर बनाउनुका साथै नेपालको सार्वभौमिकतामाथि समेत प्रश्न उठाउने गरेको उनीहरू बताउँछन्।

पुर्जा हातमा भएर पनि जमिन भारतीय अतिक्रमणमा परेका आदम खाँ एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन सयौं नागरिकको जग्गा भारतिय अतिक्रमणमा परेको छ ।सुस्ताका आदम हुसेन ,ओम प्रकाश कुर्मी जस्ता नागरिकहरुले आफ्नै आँखा अघि आफ्नो जमिन भारतमा गाभिदाको दृष्य टुउटुलु हेरेर बस्न बाध्य भए ।सरकारले कुनै ठोस कदम चालेर आफ्नो भुमी अझै फिर्ता आउँछ कि भन्ने झिनो आशामा उनिहरु रहेका छ्न ।
सुस्ताका शारदा प्रसाद चौधरीको नाममा तिन कित्तामा रहेको जग्गा अहिले भारतीय अतिक्रमणमा परेर जोतभोग समेत भारतले गर्दै आइरहेको छ तर लालपुर्जा भने उनि सँगै छ ।२०२९ सालसम्म मालपोत राजस्व तिरेको उनी बताउछ्न ।

स्थानीयवासीका अनुसार सुस्तामा वर्षौंदेखि सीमा विवाद कायम रहँदा भारतीय पक्षबाट विभिन्न समयमा दबाब सिर्जना गर्ने प्रयास हुँदै आएको छ। तर हरेक पटक घटना भएपछि मात्रै चासो देखाउने र पछि विषय सेलाउँदै जाने प्रवृत्तिले समस्या झन् जटिल बन्दै गएको उनीहरूको गुनासो छ।

“सुस्ता नेपालको भूमि हो भन्ने कुरा राज्यले व्यवहारमै पुष्टि गर्नुपर्छ,पटक–पटक विदेशी सुरक्षा बल नेपाली भूमिमा आउँदा पनि कडा कूटनीतिक पहल नहुनु दुःखद हो”सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले आक्रोश ब्यक्त गरे ।

सीमाक्षेत्रका बासिन्दाले सरकारसँग सुस्ताको सुरक्षा व्यवस्था मजबुत बनाउन, सीमा स्तम्भको नियमित अनुगमन गर्न तथा यस्ता घटनामा तत्काल कूटनीतिक पहल गरी दोहोरिन नदिने वातावरण बनाउन माग गरेपनि उनिहरुका लागि जुन जोगि आएपनी कान चिरेकै भन्ने भान हुन थालेको छ ।

सुस्तामा १९ हजार ४ सय ८० हेक्टर जमिन विवादित छ भने १४ हजार ५ सय हेकटर जमिन अतिक्रमित रहेको छ ।तत्कालीन सुस्ता पञ्चायत रहँदा सुस्ता गाउँपालिकाको क्षेत्रफल ४० हजार ९८० हेक्टर रहेकोमा अतिक्रमण र विवादित गरि अहिले क्रमशः सुस्ता साघुरिदै गएको छ ।

२०२२ सालमा बन फडानी गरी राजा महेन्द्रले सुस्तामा भूपू सैनिक परिवारको बसोबास गराएका थिए ।२०३४ सालमा नारायणी नदिमा आएको भीषण बाढी र डुबानका कारण त्यहाँका नागरिकलाई वारि त्रिवेणिको साहुमारा,केउलानी लगायतका ठाउँहरूमा जग्गा व्यवस्थापन गरि स्थानान्तरण गरिएको तत्कालिन सुस्ता गाउँ पन्चायतका अध्यक्ष एवम हाल सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय बताउनु हुन्छ ।”पछिल्लो समय एसएसबिले किन यसरी सक्रियता बढाएको छ खै किन हो “अध्यक्ष उपाध्यायले भने

सुस्तामा हुने यस्ता घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ— आखिर कहिलेसम्म सुस्ताले सीमा अतिक्रमण र एसएसबीको हस्तक्षेपको पीडा भोगिरहनुपर्ने हो ? स्थानीयको यही प्रश्नको जवाफ खोज्नु अब राज्यका जिम्मेवार निकायको दायित्व बनेको छ।सुस्ताको जङ्गे पिल्लर भएर बसेका नागरिकले अतिक्रमण मात्र सहेनन भारतिय एसएसबीको गोली समेत खाए ।एसएसबीले पटक पटक बुट बझार्दा उनिहरु सके गोलि हान भनेर छाती थापिरहे तर नेपालीका लागि छाती थाप्छु भन्दै हिड्ने हरुको छाती अहिले सुस्तावासीले खोजी रहेका छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ