नवलपरासी,पश्चिम् ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला अधिवेशन बाट रास्वपाका कार्यबाहक जिल्ला सभापति रवि पाण्डे सभापतिमा निर्विरोध निर्वाचित भएका छन ।यसै गरी सहसचिवमा राकेश कुमार गुप्ता निर्विरोध भएका छन ।अध्यक्ष र सह सचिव दुबै पदमा एकल उम्मेदवारी परेको बताईएको छ ।
गत निर्वाचनको मुखैमा राश्वपाका तत्कालीन जिल्ला सभापति महेन्द्र सेन ठकुरी नेपाली काङ्ग्रेस प्रवेश गरेपछि पाण्डेले नै कार्यबाहक सभापतिको रुपमा पार्टीलाई चलायमान बनाउदै आएका थिए ।

नवलपरासीको बर्दघाटमा जारी अधिवेशनमा अन्य पदहरुमा समेत सहमतिको प्रयास भैरहेको बताईएको छ ।अधिवेशनमा रास्वपाका सांसदहरु सागर ढकाल,श्रद्धा कुंवर,बिक्रम खनाल र नरेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको छ ।