+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

हाम्रो आँखा
२०८३ जेष्ठ १५, शुक्रबार १२:१२

परासी । बर्दघाट प्रेस क्लबको आयोजना तथा बर्दघाट नगरपालिकाको सहकार्यमा ५ दिने आधारभूत पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।
पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई दक्ष र जिम्मेवार बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा बर्दघाट क्षेत्रका युवायुवती तथा पत्रकारितामा रुचि राख्ने सहभागीहरुको सहभागिता रहेको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै बर्दघाट प्रेस क्लबका अध्यक्ष कुश्माकर ढकालले पत्रकारिता समाजलाई सही सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भएकाले तथ्यपरक, निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता बढ्दै गएको बताएका थिए । तालिमले सहभागीहरुलाई समाचार लेखन, प्रस्तुति, सञ्चार नैतिकता तथा डिजिटल पत्रकारिताका आधारभूत विषयमा ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

बर्दघाट प्रेस क्लबका पदाधिकारीहरुले तालिम अवधिभर अनुभवी प्रशिक्षकमार्फत व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिने जानकारी दिएका छन् ।

५ दिनसम्म सञ्चालन हुने तालिममा समाचार संकलन, लेखन, फोटो तथा भिडियो प्रयोग, अन्तर्वार्ता कला, सञ्चार आचारसंहिता लगायत विषय समेटिने जनाइएको छ ।तालिम अवधिभर लामो समय पत्रकारिता क्षेत्रमा आबद्व रहेका पत्रकारहरुले सहभागीहरुलाई सहजीकरण गर्ने छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ