+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पक्राउ पुर्जी जारी भएका अभियुक्तसँगै प्रशासन बैठक बसेको आरोप

हाम्रो आँखा
२०८३ जेष्ठ १०, आईतवार १५:०३

पश्चिम नवलपरासी ।प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तहरूसँग नै जिल्ला प्रशासन र प्रहरी नेतृत्वले बैठक बस्ने गरेको आरोप लगाएका छन ।

आइतबार फरक प्रसङ्गमा परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि आफूले मुद्दा दर्ता गराएको तथा अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको बताए ।

तर ती व्यक्तिहरूसँग नै प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख (एसपी) बैठकमा सहभागी हुने गरेको भन्दै उनले प्रशासनको भूमिकामाथि प्रश्न उठाए ।
“अभियुक्तहरू विरुद्ध पक्राउ पुर्जी जारी छ । तिनै व्यक्तिसँग बसेर सीडीओ र एसपी बैठक बस्छन् । प्रशासन के भएको हो ? देशमा कानुनी राज्य छैन ?” भन्दै यादवले आक्रोश व्यक्त गरे ।

यादवका अनुसार आन्दोलनका क्रममा उनका दुई वटा घरमा आगजनी गरिएको थियो । घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै उनले दोषीमाथि कारबाही प्रक्रिया प्रभावकारी नभएको गुनासो गरे ।

उनले केही राजनीतिक नेताहरूले आगजनीबाट क्षति भएका घर पुनर्निर्माणका नाममा आगजनीमा संलग्न व्यक्तिहरूसँगै आर्थिक सहयोग संकलन गरेको तथा पछि मुद्दा फिर्ता लिन दबाब दिएको समेत आरोप समेत लगाए ।

पत्रकार सम्मेलनमा यादवले शान्ति सुरक्षा कायम गर्न प्रशासन निष्पक्ष र कानुनसम्मत ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै पीडितलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ