+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्षौँ बित्यो-महेशपुर भन्सारमा क्वारेन्टाइन निर्माण योजनामै सिमित,कृषि मन्त्रालय नै बाधक !

हाम्रो आँखा
२०८३ जेष्ठ ४, सोमबार १८:२०

नवलपरासी — भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार क्षेत्रमा आवश्यक क्वारेन्टाइन सेवा नहुँदा पशुजन्य तथा कृषिजन्य वस्तुको परीक्षण प्रभावकारी बन्न सकेको छैन। सम्बन्धित निकायको बेवास्ताका कारण एकातर्फ राजस्व संकलनमा असर परेको छ भने अर्कोतर्फ अस्वस्थ तथा गुणस्तरहीन वस्तु भित्रिने जोखिमसमेत बढ्दै गएको स्थानीयको गुनासो छ।

सीमावर्ती नाकाबाट दैनिक रूपमा पशुचौपाया, तरकारी, फलफूल तथा विभिन्न खाद्यान्न सामग्री भित्रिने गरे पनि परीक्षण र निगरानीको पर्याप्त व्यवस्था नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खतरा बढेको सरोकारवालाहरू बताउँछन्। क्वारेन्टाइन अभावकै कारण कतिपय वस्तु बिना परीक्षण बजारसम्म पुग्ने अवस्था रहेको जनाइएको छ।पछिल्लो समय क्वारेन्टाइन चेक पोस्ट निर्माणका लागि कुनै पहल बारे आफ्नो जानकारीमा नभएको भन्सार प्रमुख बिकास उपाध्यायले जानकारी दिए। ।”क्वारेन्टाइन छैन,कुनै ब्यापारीले यो नाका भएर क्वारेन्टिन गर्नु पर्ने सामान ल्याउछु भन्यो भने नल्याउनुस भन्नुपर्ने अवस्था छ,खाद्यान्न,फलफुल तरकारी लगायतका सामान आयात हुन नसक्दा राजस्व सनेत गुमेको छ”उपाध्याले भने ।

स्थानीय व्यवसायीका अनुसार व्यवस्थित क्वारेन्टाइन नहुँदा वैधानिक प्रक्रियाबाट आयात गर्ने व्यवसायीभन्दा अवैध रूपमा सामान भित्र्याउने समूह सक्रिय हुने गरेका छन्। यसले राज्यलाई प्राप्त हुने राजस्वमा समेत कमी आएको उनीहरूको भनाइ छ। खुला सीमाको फाइदा उठाउँदै चोरी पैठारी बढ्दा सरकारको आम्दानी प्रभावित भइरहेको सरोकारवालाले बताएका छन्।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भन्डारीले बिगतमा क्वारेन्टाइन निर्माणका लागि जग्गा खरिद गर्ने छलफल भएर प्रक्रिया अघि बढाईएपनी अन्तमा कृषि मन्त्रालयको निष्क्रियताका कारण स्थापना हुन नसकेको बताए ।”निजि क्षेत्र जसले राजस्वमा ८१ प्रतिशत योगदान गर्छौं तर क्वारेन्टाइन निर्माणमा तालुकदार मन्त्रालय नै बाधक बन्यो,यसले आम ब्यवसायिलाई निरुत्साहित बनाएको छ”भण्डारीले भने ।भन्सारको स्तरिकरण गर्नु पर्ने आवाज हरु बिगत देखि नै उठाउदै आईएपनी सफल हुन नसकेको भण्डारीले उल्लेख गरे ।

भन्सार प्रमुख उपाध्यायका अनुसार गत आर्थिक बर्षमा कार्यालयले १६ करोड ६६ हजार अर्थात १०३ प्रतिशत राजस्व संकलन गरेको थियो ।

कृषि तथा पशु स्वास्थ्यसँग सम्बन्धित जोखिम बढ्दै जाँदा पनि सम्बन्धित निकायले स्थायी क्वारेन्टाइन स्थापना तथा जनशक्ति व्यवस्थापनमा चासो नदेखाएको आरोप स्थानीयको छ। सीमा नाकाको संवेदनशीलतालाई मध्यनजर गर्दै तत्काल क्वारेन्टाइन सेवा सञ्चालन गर्नुपर्ने माग उठ्दै आएपनी ठोस पहल हुन सकेको छैन ।

महेशपुर भन्सार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति तथा नियमित निगरानीको व्यवस्था गर्नु पर्ने देखिएपनी समबन्धित पक्ष उदासीन देखिएका छ्न ।खुला सिमा र चोर नाकाबाट बिषादियुक्त बिना क्वारेन्टाइन बस्तु भित्रदा आम उपभोक्ताको स्वास्थ्यमाथी गम्भीर खेलवाड भएको छ ।क्वारेन्टाइन निर्माण र भन्सार स्तरोन्नतिका नाममा विभिन्न राजनीतिक दलहरुले जस लिने होडबाजी भने बिगत देखि नै चल्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ