+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संस्कारयुक्त शिक्षा आजको आवश्यकता,घर नै पहिलो पाठशाला : नगर प्रमुख अर्याल

हाम्रो आँखा
२०८३ जेष्ठ २, शनिबार २२:३३

नवलपरासी ।सुनवल नगर प्रमुख बिमला अर्याल ले गुणस्तरीय शिक्षासँगै संस्कारयुक्त शिक्षा आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । पश्चिम नवलपरासीको सुनवलस्थित विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एसईईमा सफल विद्यार्थी सम्मान तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै उहाँले शिक्षा केवल प्रमाणपत्रमा सीमित नभई व्यवहार, अनुशासन र संस्कारसँग जोडिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नगर प्रमुख अर्यालले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफलताको यो क्षण नगरकै लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले पछिल्लो समय सुनवल नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूले शिक्षाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय प्रगति गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
“शिक्षकले सही मार्गनिर्देशन गर्न सक्नुभयो भने मात्रै विद्यार्थी सफल बन्छन्,” उहाँले भन्नुभयो, “विद्यालयको शैक्षिक वातावरणसँगै अभिभावकको भूमिकासमेत उत्तिकै महत्वपूर्ण हुन्छ ।”

उहाँले अभिभावकहरूलाई आफ्ना बालबालिकाको दैनिक गतिविधि, अनुशासन, विद्यालय उपस्थिती तथा घरमा अध्ययनको अवस्थाबारे निरन्तर चासो राख्न आग्रह गर्दै घरलाई नै पहिलो पाठशाला भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एसईई परीक्षामा सफल भएका २२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यालयले नयाँ विद्यार्थीलाई स्वागतसमेत गरेको कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ