+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासीमा संगठन विस्तारमा सक्रिय रास्वपा

हाम्रो आँखा
२०८३ जेष्ठ २, शनिबार २०:३०

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासीमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ । पार्टीले जिल्लाका विभिन्न स्थानीय तहका वडा–वडामा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गर्न थालेको हो ।

पार्टीको संगठनलाई गाउँ तथा टोलस्तरसम्म विस्तार गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियान अन्तर्गत बर्दघाट, सुनवल, रामग्राम, पाल्हीनन्दन, प्रतापपुर लगायतका पालिकाका विभिन्न वडामा अधिवेशन प्रक्रिया सुरु भएका छ्न । केही वडाहरुमा सम्पन्न भैसकेका छन भने केहिमा जारी रहेको छ ।जिल्ला अधिवेशनको तयारी स्वरुप वडा तहबाट अधिवेशन सुरु भएको जनाईएको छ ।हाल सम्म ५० बढी वडामा अधिवेशन सम्पन्न भैसकेको रास्वपा नवलपरासीका कार्यबहाक जिल्ला सभापति रवि पाण्डेले हाम्रो आँखा अनलाईनलाई जानकारी दिए ।अन्यको प्रक्रिया जारी रहेको उनले बताए ।

अधिवेशनमार्फत वडा सभापति, सचिव, कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको गरिएको छ ।रास्वपाका जिल्ला नेतृत्वले जनताको अपेक्षा अनुसार वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टीलाई बलियो बनाउने लक्ष्यसहित संगठन विस्तार अभियान अघि बढाइएको बताएका छन् । युवापुस्ताको आकर्षण र स्थानीय तहमा बढ्दो सहभागिताले पार्टीप्रति नागरिकको विश्वास बढ्दै गएको उनीहरूको दाबी छ ।

अधिवेशन कार्यक्रममा सहभागी नेताहरूले पुराना राजनीतिक शैलीबाट नागरिक निराश बनेको अवस्थामा रास्वपाले सुशासन, पारदर्शिता र उत्तरदायी राजनीति गर्ने प्रतिबद्धता सहित संगठनलाई मजबुत बनाएर लैजाने बताएका छ्न ।

जिल्लाभर संगठन सुदृढीकरण अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा सबै वडामा अधिवेशन सम्पन्न गरिने र जनतासँग प्रत्यक्ष संवाद बढाइने रास्वपा नवलपरासीका सांसद बिक्रम खनालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ