+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मूल्य वृद्धि विरुद्ध निर्माण व्यवसायी संघ नवलपरासीले बुझायो ज्ञापन पत्र

हाम्रो आँखा
२०८३ बैशाख ३१, बिहीबार २०:४६

नवलपरासी । नेपाल निर्माण व्यवसायी संघ नवलपरासीले निर्माण उद्योगमा बढ्दो लागत र मूल्यवृद्धिका कारण निर्माण कार्य प्रभावित भएको भन्दै प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाललाई ज्ञापनपत्र बुझाएका छ्न ।

मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, बिटुमिन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा अत्यधिक र अप्रत्याशित मूल्यवृद्धि भएको उल्लेख गरिएको छ । यसले निर्माण कार्य नै बन्द हुने अवस्था सिर्जना भएको संघको भनाइ छ ।केन्द्रको परिपत्र अनुसार ७७ वटै जिल्लाका निर्माण ब्यवसायी संघले बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।निर्माण क्षेत्र संकटतर्फ उन्मुख भएकाले सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने माग गरेको छ ।

नवलपरासीमा मात्रै झण्डै ७० % बिकास निर्माणका काम मूल्य वृद्धिका कारण प्रभावित भएको जनाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ