+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्व मेयर एमालेका जिल्ला सचिव बस्यालद्वारा पार्टी परित्याग

हाम्रो आँखा
२०८३ बैशाख २९, मंगलवार २२:३१

नवलपरासी  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पश्चिम नवलपरासी जिल्ला कमिटीका सचिव धिरज शर्मा बस्यालले पार्टीको साधारण सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छ्न । उनले जिल्ला कमिटीलाई सम्बोधन गर्दै पार्टी सदस्यता त्याग गरेको जानकारी गराएका हुन ।

निवेदनमा उनले लामो समयदेखि पार्टीको विचार, सिद्धान्त, संगठन र आन्दोलनप्रति समर्पित भएर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छ्न। पार्टी निर्माण, संगठन विस्तार, जनताको हकहितको संघर्ष तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो महत्वपूर्ण समय समर्पण गरेको स्मरण गरेका छ्न ।

तर पछिल्लो समय पार्टीभित्र विकसित कार्यशैली, सिद्धान्त र व्यवहारबीच देखिएको असन्तुलन, आन्तरिक लोकतन्त्रको कमजोर अवस्था तथा इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसकेको विषयप्रति गम्भीर असहमति रहेको उनले जनाएका छन। पटक–पटक आफ्ना धारणा र सुझाव राख्दा पनि अपेक्षित सुधार र आत्मसमीक्षा हुन नसकेको अनुभूति भएपछि सदस्यता त्याग गर्ने निर्णयमा पुगेको उनले बताएका छन।

उनले आजकै मितिदेखि लागू हुने गरी नेकपा एमालेको साधारण सदस्यता सहित पार्टीसँग रहेका सम्पूर्ण जिम्मेवारी तथा आबद्धताबाट अलग भएको जानकारी गराएका छ्न ।

बस्याल बर्दघाट नगरपालिकाको निवर्तमान नगर प्रमुख समेत हुन ।उनी हाल नेकपा एमालेको जिल्ला सचिव रहेका थिए ।एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र बस्याल पार्टीमा अलग अलग कित्तामा रहेका थिए ।पार्टी परित्याग सगै उनी रास्वपा प्रवेश गर्ने सम्बद्ध श्रोतले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ