नवलपरासी ।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुर मा आगलागीबाट प्रभावित परिवारलाई स्थानीय समाजसेवी तथा युवा नेता राजेश प्रसाद चौधरी ले जस्तापाता सहयोग गरेका छ्न। गत वैशाख ८ गते भएको आगलागीबाट १२ घर जलेर नष्ट भएपछि प्रभावित १२ घरधुरीसहित एक विपन्न परिवारलाई प्रति घर ८ वटाका दरले जस्तापाता वितरण गरिएको हो।
आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको थियो। अस्थायी आवास निर्माणमा सहज होस् भन्ने उद्देश्यले आफूले व्यक्तिगत खर्चमा सहयोग गरेको चौधरीले बताए ।
राहत वितरण कार्यक्रममा वडा अध्यक्ष रमेश बानिया, समाजसेवी विनोद ठाकुरलगायत स्थानीयवासीको सहभागिता रहेको थियो। पीडित परिवारले प्राप्त सहयोगले राहत मिलेको बताएका छन्।