+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिउँदो ब्यक्तिको मृत्युु दर्ता घटना : सुस्ताका वडा अध्यक्ष र सचिव सहित तीन जना पूर्पक्षकालागि थुनामा

हाम्रो आँखा
२०८३ बैशाख २५, शुक्रबार १७:२९

नवलपरासी । नवलपरासी जिल्ला अदालतले सुस्ता गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष प्रभुनाथ अहिर सहित तीन जनालाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश दिएको छ । झुठ्ठा विवरण पेश गरि व्यक्तिगत घटना दर्ता गरे गराएको सम्बन्धी कसुर मुद्दामा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपनि तीन जना कारागार चलान भएका छन् ।

वडा अध्यक्ष अहिर सहित सुस्ता गाउँपालिका–५ रामनगरका ३२ वर्षीय तारिफ मिया अन्सारी र सुस्ता गाउँपालिका–३ का ३२ वर्षीय वडा सचिव संजय कुमार चौधरी कारागार चलान भएका हुन् । गत बैशाख १५ गते उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

झुठ्ठा विवरणका आधारमा जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको कसुरमा जनप्रतिनिधि सहित उनिहरुलाई पक्राउ गरिएको हो । झुटा विवरण पेस गरेर नारायणी पारीको सुस्ता गाउँ बस्ने तारिख मियाँ अन्सारीले वडा नम्बर ५ मा आफ्नो पिताको मृत्यु भएको भन्दै भाइ पर्ने अर्का ६६ वर्षीय व्यक्तिको गत वर्षको मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए ।

मियाँको पिताको भने २०६० सालमै मृत्यु भइसकेको थियो । मृत्यु दर्ता भएको थाहा पाएपछि गत वर्षको चैत महिनामा मृत्यु मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ