नवलपरासी । कृषि तथा पशुपालन क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यसहित वडा नम्बर ९ मा कृषि तथा पशु सेवा केन्द्र स्थापना कार्य सुरु गरिएको छ। संघीय सरकारको सशर्त अनुदान अन्तर्गत प्राप्त ३० लाख रुपैयाँको बजेटबाट केन्द्र निर्माणको शिलान्यास गरिएको हो।
एक कार्यक्रमका बीच नगरप्रमुख शम्भुलाल श्रेष्ठले उबुधबार उक्त केन्द्रको शिलान्यास गरेका हुन्।नगरप्रमुख श्रेष्ठले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि यस्तो केन्द्र महत्वपूर्ण हुने उल्लेख गर्दै किसानलाई नजिकबाटै सेवा, परामर्श तथा प्राविधिक सहयोग उपलब्ध गराउन केन्द्रले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
स्थानीय तहले कृषकलाई सहज सेवा दिने उद्देश्यले केन्द्र स्थापना गर्न लागेको बताउँदै, यसले उत्पादन वृद्धि र व्यवसायिक कृषि प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले बताए ।