नवलपरासी ।नवलपरासी पश्चिमका कांग्रेस सभापति अर्जुन पोख्रेलले राजीनामा दिएका छन् । १४ औं महाधिबेशनवाट जिल्ला सभापतिमा अत्यधिक मतले विजयी भएका पोख्रेलले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् । पोख्रेलले जिल्ला पार्टी उपसभापति विक्रम यादवलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
स्वास्थ्य समस्याका कारण जिम्मेवारीमा रहन नसकेका कारण ३/४ दिन अघि नै राजिनामा दिएको पोखरेलले हाम्रो आँखा लाई बताए ।पोखरेल मधुमेह,उच्च रक्तचाप का बिरामी रहेको पार्टीका नेताहरुले बताएका छ्न ।”स्वास्थ्यका कारण ३/४ दिन अघि राजिनामा दिएको हुँ,पछिल्लो समय केही सुधार छ”पोखरेलले भने ।