+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासीमा प्रहरी–समुदाय सम्बन्ध सुदृढ बनाउन ‘हार्दिक आभार अभियान’ सुरु

हाम्रो आँखा
२०८३ बैशाख १०, बिहीबार १७:२५

नवलपरासी ।जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित ‘हार्दिक आभार अभियान’ सञ्चालनमा ल्याएको छ। कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठको पहलमा जिल्लामै पहिलोपटक यो अभियान सुरु गरिएको हो।

अभियानअन्तर्गत प्रहरीका विभिन्न कार्यक्रम तथा गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने संघसंस्था, जनप्रतिनिधि, पत्रकार महासंघ तथा अन्य सरोकारवालालाई ‘नेपाल प्रहरी’ अंकित कोटपिनसहित मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ।
एसपी श्रेष्ठका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम राख्न, समुदायसँगको सम्बन्धलाई सुदृढ बनाउन तथा कानुन कार्यान्वयनका क्रममा आइपर्ने चुनौती समाधान गर्न सहयोग गर्ने व्यक्तिहरूको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।

विभिन्न स्थानमा पुगेर सम्मान कार्यक्रम सञ्चालन गर्दै उनले प्रहरीको कार्यसम्पादनमा सहकार्य र समन्वयको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। “सहकार्य र समन्वय बिना प्रहरीका कुनै पनि काम सफल हुन सक्दैनन्,” उनले भने।

उनले २०८२ साल प्रहरी संगठनका लागि चुनौतीपूर्ण रहेको स्मरण गर्दै जेनजी आन्दोलन, त्यसपछिका परिस्थिति तथा निर्वाचन सम्पन्न गराउने क्रममा जिल्लास्थित सरोकारवालाबाट प्राप्त सहयोगप्रति विशेष आभार व्यक्त गरे।“सबैको साथ र उत्प्रेरणाले नै प्रहरीको मनोबल उच्च रह्यो

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ