+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घरायसी र ब्यापारीक प्रयोजन हेरेर भन्सार सहज गर्न सांसदहरुको सुझाव

हाम्रो आँखा
२०८३ बैशाख ९, बुधबार १८:२८

नवलपरासी,पश्चिम् ।सीमापारबाट एक सय रुपैयाँभन्दा बढीका सामान ल्याउन नपाइने व्यवस्थाप्रति सांसदहरूले व्यवहारिकता अपनाउन सरकारलाई सुझाव दिएका छन्। सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले कडाइभन्दा पनि व्यवहारिक पक्षलाई ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

आज नवलपरासीमा सांसदहरु र सरोकारवालाबिच भएको छलफलमा नवलपरासी १ र दुई का सांसदहरुले यस बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।

सांसदहरूले यस्तो व्यवस्था लागू गर्दा व्यापारिक प्रयोजन र व्यक्तिगत प्रयोगबीच स्पष्ट भिन्नता गर्न आवश्यक रहेको बताएका छन्। “व्यापारीक रूपमा सामान भित्र्याउने कार्य नियन्त्रण गर्नुपर्छ, तर सर्वसाधारणले दैनिक उपभोगका लागि ल्याउने सामान्य सामग्रीमा अनावश्यक कडाइ गर्नु उपयुक्त हुँदैन,” नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद बिक्रम खनालले भने ।

उनीहरूले सीमावर्ती क्षेत्रका बासिन्दा दैनिक रूपमा साना–साना सामान किनमेलका लागि आवतजावत गर्ने भएकाले यस्तो व्यवस्थाले उनीहरूको दैनिकीमा असर पार्न सक्ने उल्लेख गरे। त्यसैले नीति कार्यान्वयन गर्दा स्थानीय परिस्थिति, जनजीवन र व्यवहारिक कठिनाइलाई मध्यनजर गर्न आग्रह गरिएको छ।अर्कि सांसद रिङ्गला यादवले सिमा क्षेत्रमा रहेका नेपाली नागरिक हरुले घरयासी प्रयोजनका लागि ल्याउने सामानमा सर्वसाधारणलाई दुख नदिन आग्रह गरिन।

 

नवलपरासीका सांसद र कार्यालय प्रमुखहरु बिच छलफल

सरकारले हाल लागू गरेको यो व्यवस्थाले राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्य राखे पनि यसको कार्यान्वयनमा व्यवहारिक सुधार आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ