+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटका पर्यटन सम्भावना र बिकासबारे सञ्चारकर्मी–जनप्रतिनिधिबिच अन्तरक्रिया सम्पन्न

हाम्रो आँखा
२०८३ बैशाख ८, मंगलवार १७:१७

नवलपरासी, पश्चिम । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको विकास, प्रवर्द्धन तथा सम्भावनाबारे सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बर्दघाट नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा सम्पन्न कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले नगरभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरूको स्थलगत अध्ययन तथा अवलोकन गरी आफ्नो प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए। उनले स्थानीयको सक्रिय सहभागितामा बर्दघाट चुरे उद्यान, पर्यापर्यटन पार्क लगायत सम्भावित पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण र पूर्वाधार विकासको काम अघि बढिरहेको जानकारी दिए।

उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरपालिकाले पछिल्लो समय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम अघि बढाएको उल्लेख गरे। उनले दीगो पर्यटन विकासका लागि आवश्यक नीति, योजना र बजेट व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको बताए।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सञ्चारकर्मीहरूको सुझावलाई उच्च महत्व दिँदै ती सुझावकै आधारमा आगामी दिनमा पर्यटन क्षेत्रका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए। उनले पर्यटन क्षेत्रको प्रचार–प्रसारमा सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखे।

कार्यक्रममा नगर प्रवक्ता सन्तबहादुर गाहाले ओझेलमा परेका पर्यटकीय स्थलहरूको पहिचान र प्रवर्द्धनमा पत्रकारहरूले तथ्यमा आधारित सामग्री प्रकाशन गर्नुपर्नेमा जोड दिए।

पत्रकार महासंघका निवर्तमान अध्यक्ष हरी शर्माले स्थानीय तहको बिकासमा स्थानीय सञ्चार माध्यमहरुले अतुलनीय भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिए ।राज्यले मिडियालाई अङ्कुश लगाउन खोजेको बताउदै उनले श्रमजीवी पत्रकार हखित र सञ्चार माध्यमको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको समेत रहेको उल्लेख गरे ।

अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले बर्दघाट नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरूको सम्भावना उजागर गर्दै पूर्वाधार विकास, पहुँच विस्तार, सरसफाइ, प्रचार–प्रसार तथा दीगो व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रमले बर्दघाटका पर्यटन क्षेत्रको पहिचान, विकास र प्रवर्द्धनका लागि साझा समझदारी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ