नवलपरासी।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ (३ नं. ठोक्कर) स्थित नारायणी नदी किनारमा अज्ञात पुरुषको शव फेला परेको छ।
आज दिउँसो करिब १:१० बजे नदीको पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ५०–५५ वर्ष उमेर समूहको पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म मृतकको सनाखत हुन सकेको छैन। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने तयारी भइरहेको बताइएको छ।
मृतकको पहिचान खुलाउन प्रहरीले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।
कसैलाई सम्बन्धित व्यक्तिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।