+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर

हाम्रो आँखा
२०८२ चैत्र २९, आईतवार २१:१८

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् ।मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

उनको श्रीमान्‍सँग पल्सर मोटरसाइकल रहेको उल्लेख छ ।नगद ५० हजार रुपैयाँ र बैंककमा उनी र श्रीमान्‍को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन-चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ