+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालेन सरकारको मन्त्रीमण्डल बिस्तार

हाम्रो आँखा
२०८२ चैत्र २७, शुक्रबार १४:२६

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गरेका छन्।प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग र श्रम मन्त्री नियुक्त गरेका हुन्।

रास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्री नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।

गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचन जितेका थिए।प्रधानमन्त्री शाहले उद्योग मन्त्री सुरूदेखि नै आफैसँग राख्दै आएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ