+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री बालेन सँगको छलफलमा नवलपरासीका सांसदले के-के माग राखे !

हाम्रो आँखा
२०८२ चैत्र २३, सोमबार २२:३१

नवलपरासी । प्रधानमन्त्री बालेन शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सांसदहरूसँग सिंहदरबारमा करिब दुई घण्टा छलफल गरेका छन्। बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म छलफल चलेको सांसद बिक्रम खनालले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा भएको छलफलमा सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना र प्राथमिकता प्रस्तुत गरेका थिए। छलफलमा विशेष गरी विकास योजनामा धेरै सांसदले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।सबै सांसदहरुले लिखित रुपमा आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए ।

नवलपरासी १ बाट निर्वाचित सांसद बिक्रम खनालले दाउन्ने सडकको बैकल्पिक सडक,त्रिबेणि दुम्किबास सडक जुन बिनयी त्रिबेणिका दुई वटा वडाका नागरिक आफ्नो पालिका पुग्न दाउन्ने हुँदै दाजु पर्ने बाध्यता रहेको,बुद्ध सर्किट निर्माण,नारायणचोक – त्रिबेणि अलपत्र हुलाकी सडक ,नक्सा समस्या र समाधान,उर्जा सिचाई र खानेपानी लगायत शिक्षा स्वास्थ र रोजगार लगायतका बिषयमा लिखित रुपमा योजनाहरु प्रस्तुत गरेको गरेका थिए ।

नवलपरासी पश्चिम् एउटा जिल्ला मात्र नभै नेपालको भारत सगको रणनीति पारवहन कृषि,उत्पादन र जलश्रोतको एक महत्त्वपूर्ण प्रवेश द्वारको रुपमा रहेकाले यस जिल्लामा थुप्रै सम्भावना रहेको समेत प्रधानमन्त्री शाहलाई ध्यानाकर्षण गराईएको खनालले बताए ।खनालले समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनिलाई कानुनी दायरामा ल्याई दण्ड सजाय र समयमै काम गर्ने निर्माण कम्पनीलाई पुरस्कृत गर्ने परिपाटीको बिकास गर्नु पर्ने समेत सुझाएको बताए ।

यसै गरी छालफलका क्रममा नवलपरासी २ का प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताले रामग्राम स्तूप,पण्डितपुर,देवदह ताल,बुद्ध मङ्गलताल र अनोमाघाटलाई एकीकृत गरी बिकास गर्नु पर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताए ।

महेसपुर भन्सार देखी महेन्द्र राजमार्ग जोड्ने ४ लेन सडक तिव्रताका साथ सम्पन्न गर्नु पर्ने,महेसपुर भन्सारलाई ब्यवस्थित तवरमा पुर्ण रुपमा संचालन गर्नु पर्ने,प्राविधिक शिक्षालय,गण्डक नहरसग जोडिएको असमान सन्धी,पाल्ही क्याम्पसको जग्गाको स्वमित्व लगायत शिक्षा,स्वास्थ्य,मल बिउबिजन र सडक पुर्वाधारका बिषयहरु उठान गरेको सांसद गुप्ताले बताए ।मुख्यगरी प्रधानमन्त्रीतहबाट हुने कामहरु र योजनाका बिषयमा कुरा उठान गरिएको गुप्ताले बताए ।

छलफलमा लुम्बिनीबाट प्रत्यक्ष निर्वाचित २६ जना सांसदहरूलाई मात्रै राखिएको थियो तर २४ जना मात्रै सहभागी भएको बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ