+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटमा सार्वजनिक जग्गा ब्यक्तीको नाममा दर्ताको आरोप,फिर्ता गराउन माग

हाम्रो आँखा
२०८२ चैत्र २२, आईतवार १६:२४

नवलपरासी,पश्चिम् ।पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ मा सार्वजनिक जग्गा ब्यक्तिको नाममा गएको भन्दै स्थानीयले जगा संरक्षणको माग गर्दै बिरोध गरेका छ्न ।

वडा नम्बर १६ को सिद्धनगर स्थित पुर्खलाल चोकमा रहेको ३ कट्ठा ८ धुर सार्वजनिक जमिन स्थानीय ब्यक्तिले आफ्नो नाममा दर्ता गराएको स्थानीयको आरोप छ ।बर्षौ देखि सार्बजनिक जग्गाको रुपमा स्थानीयले संरक्षण गर्दै आएको उक्त जग्गा किर्ते गरी एकाएक ब्यक्तिको नाममा दर्ता भएको भन्दै जग्गा फिर्ता हुनुपर्ने माग सहित स्थानीयहरु एक जुट भएका छ्न ।

स्थानिय जनक बिकका अनुसार जग्गा २०६७ साल जेष्ठ १० गते स्वर्गीय राधिका कुँवरको नाममा पुर्जा कायम भएको खुल्न आएको छ ।उनको मृत्यु भैसकेपछी निजका छोराहरुले आमाको नाममा रहेको साविक दाउन्नेदेवी गाविस ६ को कित्ता नम्बर ४७ कायम रहेको उक्त जग्गा आफ्नो नाममा नामसारीका लागि वडा कार्यालय मार्फत प्रक्रिया अघि बढाउन खोजेको थाहा पाएपछि स्थानीयले सामुहिक रुपमा जग्गा संरक्षणका लागि भन्दै वडा नम्बर १६ को कार्यालयमा निवेदन दिएका छ्न ।

२०३४ सालदेखी नै उक्त जग्गा सार्वजनिक जमिनका रुपमा संरक्षित रहेपनि हाल आएर जालसाजी गरी मिलेमतोमा ब्यक्तिको नाममा गएको स्थानीयको भनाई छ ।यस अगावै मिति २०६७ साल २ महिना ६ गते राष्ट्रिय आवास कम्पनीले मालपोत कार्यालयलाई लेखेको पत्रमा उक्त जग्गा धनराज गुरुङ बाट प्रेम लाल कुवर हुँदै क्रमिक रुपमा छोडपत्रका आधारमा थानी देवि ज्ञवाली (राधिका कुवरकी आमा)ले खरिद गरेको उल्लेख गरिएको छ ।सोही आधारमा जग्गा दर्ता गरिदिन आवास कम्पनीले मालपोत कार्यालयलाई सिफारिस गरेको छ ।

यस बिषयमा जानकारी लिदा वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले निवेदक स्थानीय र सम्बन्धित भनिएका जग्गावालाहरुलाई छलफलका लागि वडा कार्यालयमा बोलाईएको जानकारी दिए ।”यस बिषयमा सम्बन्धित निकाय सग हामिले पनि बुझ्ने काम गरिरहेका छौ,सार्बजनिक जग्गा संरक्षण गर्ने दायित्व हाम्रो पनि हो,सत्य तथ्य के रहेछ बुझेर अघि बढ्छौ”गुरुङले भने ।

वडा नम्बर १६ कि पूर्व वडा सदस्य फुलमाया रसाईली आफुहरुले जान्दा देखि नै उक्त जग्गा सार्वजनिक भएको दावी गर्नु गरिन ।”हामी यहाँ बसेको बर्षौ भैसक्यो,हामिले जान्दादेखी यो जग्गा सार्वजनिक जग्गा हो,अहिले ब्यक्तिको नाममा गयो भन्ने सुनियो,जसरी पनि जगा फिर्ता आउनु पर्छ,यत्रो बर्ष सम्म हामी सबैले जगा संरक्षण गर्दै आएका थियौ”रसाईलीले भनिन ।

राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा २०६० साल /०३/३० गते उक्त जग्गा छोडपत्रको निवेदनको आधारमा अनुमोदन भएको उल्लेख गरिएको छ ।

यता स्वर्गीय राधिका कुँवर अगावै उक्त जग्गा धनराज गुरुङ हुँदै प्रेम लाल कुवरको जोतभोग कायम रहेकाले छोडपत्रका आधारमा आफुहरुले जमिन लिएको राधिका कुवरका जेठा छोरा राजु कुवरले बताए ।”हामिले सिधै आवास कम्पनीबाट लिएका पनि होईनौ यस अगावै दुई जना मोहिको नाममा जग्गा रहेकाले हामिले ब्यक्ति सग छोडपत्रका आधारमा लिएका हौं,जग्गा सार्वजनिक हो भन्ने हामिलाई थाहा छैन”स्वर्गीय राधा कुवरका छोराले भने ।

उनिहरुले आफुहरुले सोझै आवास कम्पनी बाट खरिद नगरेको अन्य ब्यक्तिहरुको नामबाट छोडपत्रका आधारमा खरिद गरेकाले सार्वजनिक जग्गा भएको भन्ने कुरामा आफुहरु अनभिज्ञ रहेको दावी गरेका छ्न ।आफुहरुलाई सार्बजनिक जग्गा भएको जानकारी नभएको र ब्यक्तिको नामबाट लिएकाले आफुहरु पिडित भएको उनिहरुको दावी छ ।

राष्ट्रिय आवास कम्पनीका आयोजना प्रमुख महेन्द्र थापाले भने “कसरी भयो पहिले नै भएको रहेछ, रेकर्ड हरु पनि जेन्जी आन्दोलनका क्रममा जले”।

अधिकाङ्स स्थानीयहरुले भने बिगत देखि नै उक्त जग्गा सार्वजनिक रुपमा संरक्षण हुँदै आएकाले फिर्ता हुनु पर्ने बताएका छ्न ।

राधिकाका कान्छा छोरा अर्जुन कुँवरले स्वयं आफू अन्यायमा परेको दावी गरेका छ्न।”हामी ट्याक्टर लिएर जोत्न गएका थियौ,जोत्न दिईएन,उहिलेको कुरा हामिलाई पनि के थाहा,यो समाज हामिलाई पनि चाहिन्छ,बिवाद उल्झन गर्ने पक्षमा हामी पनि छैनौ,कानुनले जे भन्छ हामी मान्न तयार छौँ”उनले भने ।हजुर आमाको पाला देखिको जग्गा अहिले आएर मात्रै सार्वजनिक हो भन्ने कुरा आएपछि हामी पनि अचम्ममा परेका छौँ,हामी आफै मर्कामा पर्ने भयौ, उनले भने ।

स्थानीयहरुले भने नक्कली मोहि अर्थात जोतभोग कर्ता खडा गरी जग्गा बिक्री गरिएको हुन सक्ने आसङ्का गरेका छ्न ।सम्बन्धित निकाय र सरोकारवालाको पहलमा सत्यतथ्य छानबिन गरी जग्गा फिर्ता ल्याउन स्थानीयले माग गरेका छ्न ।

 

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ