काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको भनिएको “प्रतिशोधात्मक गिरफ्तारी”को विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्न आफूलाई लक्षित गरेर षड्यन्त्र भइरहेको पुर्व मन्त्री समेत रहेका एमाले सचिव महेश बस्नेतले आरोप लगाएका छन्।
उनका अनुसार तीन वर्षअघि नै एक “फेक व्यक्ति” प्रयोग गरी आफ्नो विरुद्ध झुट्टा जाहेरी दर्ता गरिएको थियो, जुन प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको दाबी गरिएको छ। साथै, सो विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको उनले उल्लेख गरेका छ।
उक्त विषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि सोही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई आफूलाई पक्राउ गर्ने योजना बनाइएको र “मिडिया ट्रायल” गरिँदै आएको आरोप उनले लगाएका छन्।
यसैबीच उनले बालेन शाह नेतृत्वको सरकार तथा गृहमन्त्री सुदन गुरुङलाई लक्षित गर्दै निरंकुश र अधिनायकवादी शैलीमा कार्य भइरहेको आरोप समेत लगाए। यस्ता गतिविधिको परिणाम सम्बन्धित पक्षले भोग्नुपर्ने चेतावनी उनले दिएका छन्।
त्यस्तै, आफ्नो फोन अफ रहेको र आफू फरार भएको भन्ने प्रचार पूर्ण रूपमा भ्रामक रहेको स्पष्ट पार्दै उनले जनमत भ्रमित पार्ने उद्देश्यले यस्ता हल्ला फैलाइएको उनले दाबी गरेका छन्।