+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाल्हिनन्दन बाट भन्सार छलिको साढे ८ लाख मुल्यका गाडिका पार्ट्स बरामद

हाम्रो आँखा
२०८३ आश्विन २४, शनिबार १०:१५

परासी । पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली गरी ल्याइएका सवारीसाधनका पार्ट्स बरामद गरेको छ। प्रहरीले पाल्हीनन्दन गाउँपालिका–२, रमपुरवास्थित बाटोको छेउमा बेवारिसे अवस्थामा राखिएका करिब ८ लाख ५० हजार रुपैयाँ बराबरका गाडीका पार्ट्स बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार असोज गए राति करिब ९:३० बजे ती सामान फेला परेका थिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर बुझाएको जनाएको छ।

बरामद गरिएका सामानमा गियर बक्स ४ थानको अनुमानित मूल्य १ लाख रुपैयाँ, गियर बक्स १५ थानको मूल्य ४ लाख ५० हजार रुपैयाँ र गाडीका विभिन्न पार्ट्स १२ बोराको मूल्य ३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सामानको कुल अनुमानित मूल्य ८ लाख ५० हजार रुपैयाँ रहेको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ