नवलपरासी। प्रहरीले तीन वर्ष कैद र रु. ३० हजार जरिवाना सजाय पाएका फरार कैदीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार २०८२ चैत २३ र २४ गते भएको Gen-Z समूहको आन्दोलनका क्रममा कारागार कार्यालय नवलपरासीमा तोडफोड गरी फरार भएका नकवजनी चोरी मुद्दाका अभियुक्तलाई पक्राउ गरिएको हो।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका–१ स्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा अजय भनिने २२ वर्षीय अविनाश पङ्गेनीलाई बुधबार दिउँसो करिब २ बजे पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका उनलाइ तत्काल नियन्त्रणमा लिई बाँकी कैद सजाय भुक्तानका लागि जिल्ला कारागार कार्यालय नवलपरासी पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक
मदन थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीविरुद्ध तीन वर्ष कैद तथा रु. ३० हजार जरिवानाको फैसला भएको थियो। पक्राउ परेका पौनी बर्दघाट नगरपालिका–१ निवासी हुन्।