नवलपरासी ।बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थित सुर्यनगर रङ्गशालामा आयोजित १० औँ सस्करणको सुर्यनगर गोल्डकपको दोस्रो दिनको खेलमा अभिषेक चर्ज रजहरले जित हात पारेको छ । 
आयोजक टिम नव युवा क्लव र अभिषेक चर्ज बिच भएको प्रतिस्पर्धामा शुन्यका बिरुद्ध ३ गोलान्तरले अभिषेक चर्चले जित हात पारेको खेल संयोजक मीन गुरुङले जानकारी दिए ।आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने अभिषेक चर्चका बिक्रम सोङ (जर्सी नम्बर १६) “म्यान अफ द म्याच”घोषित भएका छ्न ।
फुटबलका राष्ट्रिय खेलाडी बिमल घर्ती मगर समेत बिजेता टिमका तर्फबाट सहभागी भएका थिए ।
भोली आईतवार हुने खेल देवदह ब्वाईज रुपन्देही र बिरगंज युनाइटेड पर्सा बिचको प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ ।