नवलपरासीमा भएकाे सडक दुर्घटनामा रूपन्देहीका एक पत्रकारकाे निधन भएकाे छ ।
भैरहवाबाट पूर्वतर्फ जाँदै गरेकाे लु.प्र.प.०१-००९ प ९६१९ नम्बरकाे माेटरसाइकललाई साेही दिशातर्फ जाँदै गरेकाे सु.प. प्र.०१-००१ख३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा माेटरसाइकल चालक पाेषकान्त पाेख्रेलकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए।
परासीकाे सेताेपुलमा भएकाे दुर्घटनामा परी मृत्यु हुने ४२ वर्षिय पाेख्रेल रूपन्देही जिल्ला तिलाेत्तमा नगरपािलिका-१३ भलवाडी निवासी हुन। उनि रूपन्देहीबाट प्रकाशन हुने अग्निपरीक्षा साप्ताहिक पत्रिकाका प्रकाशकसमेत रहेका थिए ।
मृतक पाेख्रेलकाे शव पाेष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएकाे छ । दुर्घटना गराउने चालक र ट्रक प्रहरीकाे नियन्त्रणमा रहेकाे छ ।