+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विमल घर्ति मगरगले फुटबलको यात्रा टुङ्ग्याए

हाम्रो आँखा
२०८३ कार्तिक १, शनिबार १५:४१

नवलपरासी ।नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले फुटबल करियर टुंग्याएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो फुटबल यात्रालाई यहीँ टुंग्याएको बताएका हुन् ।

बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको उल्लेख गर्दै विमलले यो यात्रा लामो र कठिन रहेको बताएका छन् ।

‘जति मैले देशका लागि खेलेँ, मनैदेखि खेलेँ । सबै थोक मैले फुटबललाई नै दिएँ,’ उनले लेखेका छन् ।

फुटबलप्रति माया गर्ने शुभचिन्तकहरूले आफूलाई दिएको माया र समर्थनकै कारण यो सम्भव भएको उल्लेख गर्दै उनले सबैप्रति आभार व्यक्त गरेका छन् ।

फुटबल करियर टुंग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको बताउँदै विमलले आफ्नो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, ‘कठिन थियो।

मैले देशका लागि जति खेलेँ, मनैदेखि खेलेँ। आफ्नो सबैथोक मैले फुटबललाई नै दिएँ।मलाई र फुटबललाई माया गर्नुहुने सम्पूर्ण शुभचिन्तकले जुन माया र साथ दिनुभयो, त्यो सबै फुटबलकै कारण सम्भव भएको हो।

आज यो निर्णय लिँदा म निकै भावुक भएको छु।
सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले आफ्नो फुटबल यात्रा यहीँसम्म टुंग्याएको छु।’

२८ वर्षिय बिमल केही समयअघि अष्ट्रेलिया पलायन भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ