+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्यार्थीलाई हर्ट फाउन्डेसनको मुटु सम्बन्धि सचेतना

हाम्रो आँखा
२०८३ आश्विन १३, मंगलवार २१:४७

विश्व मुटु दिवसको अवसरमा पश्चिम नवलपरासीको सुनवल–१२, भूमहीस्थित जगन्नाथ माध्यमिक विद्यालयमा विद्यार्थीलाई मुटुरोगसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान (नेपाल हर्ट फाउन्डेसन) नवलपरासी जिल्ला शाखाको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. दीपक पौडेलले करिब ८० जना विद्यार्थीलाई मुटुरोगबाट बच्ने उपाय, खानपान र स्वस्थ जीवनशैलीबारे प्रशिक्षण दिए।उनले बालबालिकामा घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने तथा जोर्नी दुख्ने समस्या देखिएमा समयमै उपचार नगर्दा बाथ मुटुरोगको जोखिम हुन सक्ने बताए।

नेपाल हर्ट फाउन्डेसन र एडवर्ड्स लाइफसाइन्सेज फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित नेपाल बाथ मुटुरोग निवारण कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर राडी मगर, कोअर्डिनेटर गणेशप्रसाद अर्याल, हर्ट फाउन्डेसन नवलपरासीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

संस्थाका जिल्ला सभापति डा. विक्रम ज्ञवालीको अध्यक्षता तथा सचिव डोलराज भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। सोही अवसरमा विद्यालय परिसरमा राखिएको मुटुरोगसम्बन्धी चेतनामूलक होर्डिङ बोर्डको समेत अनावरण गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ