नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा ८२.६५ प्रतिशत मतदान भएको छ।
क्षेत्र नं. १ अन्तर्गत पर्ने पालिकाहरूमा भएको मतदानमा कुल ८२४ मतमध्ये ६८१ मत खसेको विवरण सार्वजनिक भएको छ।
आज प्रतापपुर गाउँपालिका–९, बेलाटारीस्थित त्रिभुवन क्याम्पसमा मतदान कार्यक्रम सम्पन्न भएको हो। दिउँसो करिब ४ बजेबाट सुरु भएको मतदान साँझ करिब ८ बजेसम्म चलेको थियो।
उपलब्ध विवरणअनुसार प्रतापपुर गाउँपालिकामा कुल २११ मतमध्ये १६३ मत खसेको छ। प्रतापपुरमा ७७.२५ प्रतिशत मतदान भएको हो।
त्यस्तै, सुस्ता गाउँपालिकामा ११९ मतमध्ये १०६ मत खसेको छ। सुस्तामा ८९.०८ प्रतिशत मतदान भएको छ।
बर्दघाटमा ३९८ मतमध्ये ३४१ मत खसेको छ। यहाँ ८५.६८ प्रतिशत मतदान भएको विवरणमा उल्लेख छ।
यसैगरी सरावल गाउँपालिकामा ९६ मतमध्ये ७१ मत खसेको छ। सरावलमा ७३.९६ प्रतिशत मतदान भएको छ।