नवलपरासी । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–८ गंगापुर अडारेटोलाबाट प्रहरीले ५७.६ किलो लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बुधबार साँझ करिब ५ः३० बजे स्थानीय ६८ वर्षीया चम्पा गुप्ता तेलीको घर तथा आसपासमा तलासी लिइएको थियो।
तलासीका क्रममा घरको अगाडिको पश्चिमतर्फ रहेको धान राख्ने माटोको भकारीभित्र १० वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा तौल गर्दा ५७.६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ परेकी गुप्ता तेलीलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ