नवलपरासी ।बर्दघाट नगरपालिकामा एक शिक्षिकाको घरबाट नगद सहित गरगहना चोरी भएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर १५ बस्ने हुमादेवी पोखरेलको घरबाट दुईलाख ५० हजार नगद र सुनको गहना चोरी भएको हो ।
आफू ५ दिन अघि माईत कावासोती गएको र आज दिउँसो ४ बजे घर आउदा च्यानल गेट फोडेको देखेपछि चोरी भएको थाहा पाएको उनले बताईन । दराजबाट नगद सहित सुनको एक थान तिलहरी चोरी भएको पोखरेलले बताईन ।
उनि त्रिबेणिको गाउँपालिकाको एक विद्यालयमा अध्यापन गराउदै आएकी छ्न ।चोरी भएको पैसा आफ्नो ब्यक्तिगत नभै समूह बचतको पैसा भएको पोखरेलले बताईन ।”म आज ४ बजे आउँदा पछाडि बाट च्यानल गेट फोडिएको रहेछ अनि प्रहरीलाई खबर गर्यौ,प्रहरी आएपछि दराजमा हेर्दा पैसा र तिलहरी थिएन “उनले भनिन ।