+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिवाद भएपछि कार्यक्रमबाट भागे सरकारका प्रवक्ता पोखरेल

हाम्रो आँखा
२०८३ भाद्र २७, शनिबार १८:३३

सिराहा । प्रतिनिधिसभामा झन्डै दुई तिहाइ नजिकको जनमत पाएर बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन्द्र शाह सरकारप्रति जनआक्रोश बढ्न थालेको संकेत देखिन थालेको छ।

मधेसमा आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई कार्यक्रमस्थलबाट बाहिरिन बाध्य पारिएको घटनाले सरकार र जनताबीच बढ्दै गएको दूरीको बहसलाई थप सतहमा ल्याएको छ।

सरकारले चुनावपछि आफूले पाएको जनादेशलाई परिवर्तन, सुशासन र परिणाममुखी शासनका लागि भएको बताउँदै आएको छ। तर, सरकारका आश्वासन र नागरिकले दैनिक जीवनमा अनुभूति गरिरहेको अवस्थाबीच अन्तर बढ्दै गएको गुनासो सार्वजनिक रूपमा आउन थालेको छ।

यहीबीच रास्वपाकै सांसद अमरेश सिंहले केही समयअघि ‘छठपछि जनताले सरकारलाई लखेट्ने’ चेतावनी दिएका थिए। अहिले तीजअघि नै मधेसबाट मन्त्रीलाई कार्यक्रमस्थलबाट बाहिरिनुपर्ने अवस्था आएको भन्दै उनको अभिव्यक्तिसँग जोडेर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ