+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतापपुरबाट श्रोत नखुलेको २१ लाख बढी रकम सहित २ जना पक्राउ

हाम्रो आँखा
२०८३ भाद्र २२, सोमबार २०:४९

नवलपरासी,पश्चिम् ।प्रहरीले श्रोत नखुलेको रकम सहित २ जनालाई पक्राउ गरेको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सहित मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिका बाट २१ लाख ६० हजार श्रोत नखुलेको रकम सहित २ जनालाई पक्राउ गरेको हो ।

भारतीय मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका ६ गुठी प्रसौनी बस्ने बर्ष २५ का अंकित गुप्ता र सोही ठाउँ बस्ने बर्ष २० का अभिनन्दन गुप्तालाई चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।

दुबै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ