+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिपदमा एकजुट स्थानीय तह,सुनवलले ६ लाख सहयोग गर्ने

हाम्रो आँखा
२०८३ भाद्र १६, मंगलवार २२:०३

नवलपरासी । सुनवल नगरपालिकाले बाढी प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ६ लाख सहयोग गर्ने निर्णय गरेको छ।

बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

नगरप्रमुख बिमला अर्यालले विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा स्थानीय सरकार रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विपद् कुनै एक ठाउँको मात्र समस्या होइन। अहिले पीडित परिवारलाई तत्काल राहत र त्यसपछि पुनर्स्थापनाको आवश्यकता छ,हामी स्थानीय तह देशको पिडामा सरकारको सारथि पनि हौं। सुनवल नगरपालिकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने निर्णय गरेको हो।”

नगरप्रमुख अर्यालले विपद्का कारण प्रभावित भएका नागरिकलाई सहयोग गर्न सबै स्थानीय तह, संघसंस्था तथा नागरिकलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि आग्रह गर्नुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ