+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतापपुरका अध्यक्ष यादव प्रहरी कार्यालयमा उपस्थित

हाम्रो आँखा
२०८३ भाद्र ८, सोमबार १४:१९

नवलपरासी ।प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव आज जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका छ्न ।यादव आफै प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोम ढकालले जानकारी दिए ।”उहाँ आफै बिहान उपस्थित हुनु भएको हो “ढकालले भने ।

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीविरुद्ध यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए ।

उच्च अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो ।आज बिहान ११ बजे नै आफू जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको यादवले बताए ।हामी सगको कुराकानीमा उनले अदालतले गर्ने निर्णय स्विकार गर्ने समेत बताए ।”मत बिहानै ११ बजे तिर उपस्थित भएको हो,अब अदालतले जे निर्णय गर्छ हेरौं”उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ