+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

न्यायाधीशले सोधे- महिला आफैँले फेसबुकमा हालेको फोटो मिडियाले छाप्दा कसरी गोपनीयता हनन् भयो ?

हाम्रो आँखा
२०८३ भाद्र १, सोमबार १७:५४

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ । न्यायाधीशहरू फैसलाको तयारीमा जुटेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको बहस भएको हो । सरकारी पक्षबाट ४ जना र श्रेष्ठको तर्फबाट १७ जनाले बहसमा भाग लिए ।

पत्रकार श्रेष्ठका वकिलहरूले आफ्नो व्यक्तिगत गोपनीयता उल्लंघन गरिएको भनेर उजुरी हाल्ने महिला स्वयम्‌‌ले नै रास्वपा सांसदसँग चुम्बन गरेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेको प्रमाण पेश गरेका छन् । आफैँले सामाजिक सञ्जालमा हालेको तस्बिर मिडियाले हाल्दा कसरी गोपनीयताको हनन भयो भन्ने उनीहरूको प्रश्न थियो ।

यही प्रश्न न्यायाधीशहरूले सरकारी वकिलहरूलाई गरे । जवाफमा सरकारी वकिलले व्यक्तिले आफ्नो फेसबुक खातामा हालेको भए पनि त्यसलाई मिडियाले प्रकाशित गर्न नमिल्ने तर्क गरेका छन् ।

आरोपित पत्रकार श्रेष्ठले पनि आज इजलासमा आफ्नो भनाइ राखेका थिए । उनले आफूलाई पूर्वाग्रह साँध्न झूटो मुद्दा लगाइएको बताए । साथै, हिरासतमा लागुऔषध प्रयोगकर्ताहरुसँगै राखेर आफूलाई मानसिक यातना दिन खोजिएको उनको गुनासो थियो ।

‘एउटा कलमजीवी पत्रकारलाई ५५ जना लागुऔषधका अभियुक्तहरूसँगै राखिएको छ । ५ दिनदेखि राति निदाउन सकेको छैन । परिवारका सदस्य र वकिललाई समेत छुट्टै भेट्न दिइएको छैन,’ श्रेष्ठले इजलासमा भने ।बयान दिन क्रममा श्रेष्ठको पटक-पटक गला अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ