नवलपरासी ।पश्चिम नवलपरासीको सुस्ता गाऊँपालिका १ मा रहेको श्री न्यू लाईफ ईग्लिस बोडिङ्ग सेकेण्डरी स्कूल -सिंगाहाका प्रधानाध्यापक भरत न्यौपानेद्वारा आफ्नै विद्यालयकी बालिकालाई बालजन्य यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
पिडित बालिकाले यस विषयमा विद्यालयमा आफ्ना सार्थीहरुलाई जानकारी गराएपछि बुधबार विद्यार्थीहरुले विद्यालयमा विरोध समेत गरेका थिए ।सय विषयमा विरोध चर्किदै जान थालेपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेर बोलाएको एक अभिभावक बताउँछन् ।
प्रधानाध्यापक भरत न्यौपानेले विगत ६ महिना देखि विभिन्न प्रलोभन देखाउने र म्यासेजमा गरेका कुराहरु स्कुलमा पनि गर्दै विद्यार्थीलाई मानसिक पिडा दिने तथा आफ्ना यौनजन्य चाहाना प्रकट गर्दै अस्लिल संवाद गरेको गोपिका (नाम परिवर्तित) बताऊँछिन् । उनि भन्छिन्,“रातिमा म्यासेज गर्नुहुन्थ्यो म्यासेजको जवाफ नदिए विद्यालयमा बोलाएर भोलिपल्ट आफ्नो चाहाना व्यक्त गर्दै विभिन्न प्रलोभन देखाऊनुहुन्थ्यो ।”
बालिकाका बुवाले बारम्बार छोरीको फोन नउठ्दा प्रिन्सिपलले आफ्नोमा फोन गर्ने र छोरीसंग कुरा गर्ने गरेको खुलाएका छन । यस विषयमा आफुले थाहापाएपछि विद्यालयमा गएको र यस बारेमा कुरा गरेको उनको भनाई छ ।
उनि भन्छन, मैले शिक्षक जस्तो मान्य ब्यक्ति बुझेर आफ्नो फोन छोरिलाई दिन्थे, उनि भने अश्लिल कृयाकलाप गर्ने उद्देश्यले फोन गर्ने रहेछन । यस विषयमा छोरीले आफुलाई अति भएपछि सुनाएको बताए ।
विद्यालयमा यस विषयले चर्को रुप लिने भएपछि विद्यालय प्रशासनले भने उक्त मोबाईल ह्याक भएको जनाऊदै प्रहरीकार्यालयमा साईबर अपराध संग सम्बन्धित निवेदन दिएको जनाएको छ ।
यस विषयमा साउन २७ गते ईलाका प्रहरी कार्यालय, बेलाटारीमा सामान्य निवेदन परिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख राम केसीका अनुसार, बेलाटारीमा सामान्य निवेदन परेपछि सामान्य सोधपुछ गरि न्यौपानेले प्रयोग गर्ने गरेको मोबाईल नियन्त्रण लिएर अनुसन्धान अगाडि बढाईएको छ । प्रहरीले अहिले सम्म जाहेरी भने नपरेको जनाएको छ ।
न्यौपाने र पिडित बालिका विच भएका सम्बादहरु यतिबेला सामाजिक संजालमा बाहिरिएका छ्न ।उक्त कुराकानीमा ती छात्राले न्यौपानेलाई तपाईले गलत तरिका सोचिरहनु भएको छ भनेकी छ्न ।म्यासेजमा प्रधानाध्यापक सग उनले असहजता प्रकट गरेको देखिन्छ ।

स्थानियहरु यस अघि पनि विद्यालयमा यस्तै घटना घट्ने गरे पनि गुपचुपमै मिलाउँदै आएको बताउँदै यो पहिलो घटना नभएको समेत दावी गर्छन् ।
(न्युजकुरा र गाउँले दर्पण अनलाईनको सहयोगमा
प्रकाशित समाचार )