+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अल्पकालीन आदेश निरन्तरता,अनुसन्धानमा सघाउँछु :अध्यक्ष यादव

हाम्रो आँखा
२०८३ श्रावण २९, शुक्रबार २२:३३

नवलपरासी ।उच्च अदालत तुलसीपुर, बुटवल इजलासले प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका सम्बन्धमा यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ ।संयुक्त इजलासका न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालले यस्तो आदेश गरेका हुन् ।

उमेशचन्द्र यादवले इलाका प्रहरी कार्यालय बेलाटारी, नवलपरासीसहितका विपक्षीविरुद्ध आफ्नो पक्राउ पुर्जी विरुद्द दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले विपक्षी प्रहरी कार्यालयबाट प्रस्तुत लिखित जवाफ तथा संलग्न कागजात अध्ययन गरेको आदेशमा उल्लेख छ ।
अदालतले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै नियमबमोजिम गर्न आदेश गरेको छ ।

अदालतको उक्त आदेशपछि अध्यक्ष उमेशचन्द्र यादवले शुक्रबार नै बिज्ञप्ति जारी गर्दै अनुसन्धानलाई सघाउने बताएका छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ