+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासी ईटा उद्योग संघमा आचार्य,निर्माण क्षेत्रमा उद्योगको योगदान महत्वपूर्ण

हाम्रो आँखा
२०८३ श्रावण २७, बुधबार २२:१२

सुनवल ।नवलपरासी ईटा उद्योग संघको अध्यक्षमा टङ्क नारायण आचार्य सर्वसम्मत चयन भएका छन् ।संघको ५ औं साधारणसभा तथा तेस्रो अधिवेशन मार्फत आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

तेस्रो अधिवेशनबाट प्रथम उपाध्यक्षमा कुलदिप आचार्य,द्वितीय उपाध्यक्षमा प्रमोद शाह,सचिवमा गोपाल प्रसाद भट्टराई,सहसचिवमा दिनेश पाण्डेय,कोषाध्यक्षमा सिद्धान्त खनाल चयन भएका छन् भने सदस्यहरूमा श्याम शेरचन,सुर्यनारायण श्रेष्ठ र सन्तोष पाण्डे चयन भएका हुन । यसैगरी लेखा संयाेजकमा रामभक्त अवस्थी र सदस्यहरूमा रामप्रसाद पाण्डे र सुनिल कार्की रहेका छ्न ।


अधिवेशन उद्घाटन कार्यक्रममा लुम्बिनी इट्टा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर घिमिरेले सरकारकाे नितीका कारण नवलपरासीसहित लुम्बिनी प्रदेशका उद्योगहरू बन्द भएकाे र केही बन्द हुने अवस्थामा रहेकाे उल्लेख गरे । उनले इट्टा व्यवसायीका समस्याबारे सरकारसँग संवाद भइरहेकाे भन्दै उद्योगमैत्री नीति बनाउन आग्रह गरे ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आम बुझाईमा ईटा उद्योगको रुपमा नबुझाईएको र निर्माण क्षेत्रमा ईटा उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण राज्यले अन्य उद्योग जस्तै समान धारणा राख्नु पर्नेमा जोड दिए ।

अधिवेशनमा नेपाल इट्टा उद्योग महासंघका सहसचिव बाबुराम पाण्डे, लुम्बिनी इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष सुनिल कुमार सिन्धी, कपिलवस्तु इट्टा उद्योग संघका अध्यक्ष सफर अलि मियालगायतले इट्टा व्यवसायीका समस्याका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै जिल्लाका पुराना व्यवसायी हरिनारायण श्रेष्ठलाई जिल्लाकाे उद्योग क्षेत्रकाे सम्वर्दन र संरक्षण तथा संस्थागत विकासमा याेगदान गरेकाे सम्झना गर्दै मरणाेपरान्त सम्मान गरिएकाे थियाे ।संघका निवर्तमान अध्यक्ष कृष्णनारायण श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ