+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासी : काङ्ग्रेस र जनमतका पालिका सभापति हुल बोकेरै घण्टीमा प्रवेश

हाम्रो आँखा
२०८३ श्रावण २७, बुधबार १४:५८

नवलपरासी ।नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिका सभापति रबिन्द्र जैसवालले काङ्ग्रेस परित्याग गरेका छ्न ।सुनवलको रिबर्न होटलमा राश्वपाले आयोजना गरेको एक कार्यक्रमका बिच जैसवालले काङ्ग्रेस परित्याग गरेको घोषणा गर्दै राश्वपामा समाहित भएको बताए ।जैसवाल सँगै काङ्ग्रेस,एमाले जनमत लगायतका अन्य सहित झन्डै ३ सय बढी नेता तथा कार्यकर्ता रास्वपा प्रवेश गरेको बताईएको छ ।

रास्वपाका जिल्ला सभापति रवि पाण्डे र यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य बिक्रम खनालले उनिहरुलाई पार्टीमा स्वागत गरेका हुन।काङ्ग्रेस सभापति रविन्द्र जैसवाल र जनमत पार्टी सुस्ताका अध्यक्ष शत्रुधन यादवको नेतृत्वमा उनिहरु राश्वपा प्रवेश गरेका हुन ।

अदालतले काङ्ग्रेसको मुद्धा पुनरावलोकन गर्न दिएको अवस्थामा समेत काङ्ग्रेसमा गुटको अन्त्य नभएको र फुटको संघारमा पुगेको भन्दै जैसवालले काङ्ग्रेस परित्याग गरेको बताए ।जैसवाल सगै सिङ्गो गाउँनै प्रवेश गर्नुमा जिल्ला तहकै नेतृत्व प्रतिको समेत असन्तुष्टि रहेको बताईएको छ ।

केही दिन अघि मात्रै नेपाली काङ्ग्रेसका जिल्ला सचिव एवम् प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले सुस्ता गाउँपालिका निवासी जनमतका केन्द्रिय सदस्य एवम् प्रदेश सभाका उम्मेदवार असरफ अलि चुरीहारलाई काठमाडौ लगेर सभापति गगन थापाको हातबाट पार्टी प्रवेश गराएपछि जैसवाल र यादव रुष्ट बनेको र सोही कदमको विरुद्धमा”एकको बदलामा सयौँ भन्दै”प्रवेश गरेको बताईएको छ ।नाम नबताउने शर्तमा एक प्रवेशिले भने ।

यद्यपि काङ्ग्रेस सुस्ता सभापति जैसवाललाई फागुन २१ मा सम्पन्न निर्वाचनमा समेत राश्वपाका उम्मेदवारलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ