+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हराएको तीन दिन पछि मृत भेटिए कपिलवस्तुका पूर्व मेयर

उनको खोजिमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।

हाम्रो आँखा
२०८३ श्रावण २४, आईतवार १३:४६
 बुटवल । तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् ।सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए ।

६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ