नवलपरासी-सुनवल।पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाले नगर भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायता सामग्री उपलब्ध गराएको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले ४१ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको शाखा प्रमुख केशरी गैरेले जानकारी दिईन ।
नगरपालिकाले हरेक बर्ष बजेट बिनियोजन गरी अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायता उपलब्ध गराउदै आएको नगर प्रमुख बिमला अर्यालले बताईन ।उनिहरुलाई व्हिल चेयर,ट्वाईलेट चेयर,वाकर,बैशाखी जस्ता सामाग्रीहरु उपलब्ध गराईएको हो ।
“हामिले उहाँहरुले आफ्नो सहजताकालागि माग गरेबमोजिमकै सहायता सामग्री दिदै आएका छौं र यसलाई निरन्तरता दिदै पनि आएका छौं,हाम्रो सानो सहयोग बाट उहाँहरुको दैनिक जीवन सहज होस भन्ने नै हो”नगरप्रमुख अर्यालले भनिन ।सिमित श्रोत साधनका बिच सबै क्षेत्रलाई समेट्दा अपाङ्गता भएका हाम्रा नागरिक हरु प्राथमिकतामै रहनु भएको छ”अर्यालले बताईन ।
अरुको सयातामा जीवन निर्वाह गर्दै आईरहेका उनिहरुका लागि यी सामाग्रीहरुले थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ ।