नवलपरासी,पश्चिम्।नेपाली काङ्ग्रेसका केन्द्रिय सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले राश्वपा लक्षित कटाक्ष गरेका छ्न ।धानको बीउ राख्ने,रोप्ने र थन्क्याउने एउटा भएपनी अहिले दाईँ हाल्ने अर्कै भएको उनले बताए ।
जनताको भनिएको सरकारले लासमा समेत कर लगाएको,सुकुम्बासी बस्तीमा डोजर आतंक मच्चाएको,सुकुम्बासीका बालबच्चालाई पठनपाठनमा समेत बन्चित गराएको भन्दै रसाईलीले आपत्ती प्रकट गरे ।सामाजिक सन्जाल प्रयोग गरेर पुनारा दलहरुले केही गरेनन भन्ने भाष्य निर्माण गरि काङ्ग्रेसलाई हराईएको उनले बताए।काम भन्दा सामाजिक सन्जाको प्रचारबाजीले सरकारले जनतामा भ्रम छरेको उनको तर्क थियो ।
“रबि र बालेनले पुराना र थोत्रा दलहरुले केही गरेन,बा पनि बूढो भए पुराना भए अब भिरबाट धकेल्दिऔं,यो पृथ्वी पनि पुरानो भो हामी अर्कै ग्रहमा बसौं भन्ने खालका प्रचार गरेका छ्न”उनले भने ।नेपाली काङ्ग्रेसले पनि अब साईबर जत्था तयार गर्ने उनको भनाई थियो ।
काङ्ग्रेस का ८ लाख बढी कृयाशील सदस्यको भुमिका १० प्रतिशत मात्रै हुदा सामाजिक संजालको शक्ति ९० प्रतिशत भएको उनको दाबी छ ।सरकारका गलत कामका विरुद्धमा काङ्ग्रेसले सदन मार्फत बिरोध गरेपनी सडकमा नउत्रने उनले बताए।”हामी सडकमा उत्रियौ भने सरकारलाई काङ्ग्रेसले काम गर्न दिएन भन्ने भाष्य फेरी निर्माण गरिन्छ”उनले भने ।
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १५ मा स्थापना गरिएको बिपि शालिक अनावरण गर्दै सहमहामन्त्री रसाईलीले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो दल बन्ने समेत दावी गरे ।
रसाइलीले बिपि कोईरालालाई स्मरण गर्दै लोकतान्त्रिक ब्य्वस्थामा सबै नागरिकको मतको मुल्य बराबरी हुने बताउदै नेपाली काङ्ग्रेस नेपालको संसदिय ब्यवस्थाको जननी भएको बताए ।कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो ।
२०७० साल मङ्सिर १७ गते नेपाली काङ्ग्रेसले बिजयि हासिल गरेपछी बिजयी र्याली सोही चोकमा समापन सभा गर्ने क्रममा उक्त चोकको नाम काङ्ग्रेस चोक घोषणा गरिएको स्थानिय नेता लालबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसद बैजनाथ जैसवाक,विश्वप्रेम पाठक,काङ्ग्रेस लुम्बिनी प्रदेश ससदस्य भिमबहादुर थापा (भरत ) एवम् नेपाली काङ्ग्रेसका जिल्ला एवम् जिल्ला र केन्द्रिय स्तरका सहभागी नेताहरूले कोईरालाको योगदानका बारेमा चर्चा गरेका थिए ।