नवलपरासीः बर्दघाट जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजीक रुपमा सक्रिय हुँदै आएको जेसीजले हाल देखीको रगत अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरेको हो ।
विहिबार रेडक्रस सोसाईटी बर्दघाटको भवनमा आयोजना गरेको कार्यक्रममा २८ जनाले रक्तदान गरेको बर्दघाट जेसीज बर्ष २०२६ का अध्यक्ष जेसी महेन्द्र गौतमले जानकारी दिए ।
कार्यक्रमका लागि नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रमको संयोजकको रुपमा भिपी जेसी सुदिप पौडेल रहेका थिए ।