+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गण्डक क्षेत्रको अन्य अतिक्रमणका बिषयमा किन उठ्दैनन आवाज !

हाम्रो आँखा
२०८३ श्रावण ३०, शनिबार २०:५९

नवलपरासी ।पश्चिम् नवलपरासीको गण्डक कमान्ड क्षेत्र अतिक्रमणको बिषय ओझेल परेको छ ।झण्डै १९ किलोमीटर बढि क्षेत्रको जग्गा गण्डकको रहेको बताईन्छ।तर विभिन्न ठाउँमा अस्थायी र पक्की संरचना निर्माण भएपनी अतिक्रमण हटेको छैन ।

सरकारले अतिक्रमित संरचना हटाउन डोजर अभियान नै चलाएपनी गण्डक अतिक्रमणका बिषयमा भने द्विपक्षीय तदारुकता देखिएको छैन ।
अतिक्रमित संरचना नहट्दा त्रिबेणि ब्यारेज स्थित स्वास्थ्य सहायता कक्षले समेत जग्गा अभावमा त्रिपाल मुनिबाट सेवा दिन बाध्य भएको छ ।बिगत देखि नै राज्य र सम्बन्धित निकायको दृष्टि पर्न नसक्नु र एकिन नापजाँच नहुनुले गण्डक क्षेत्रका खाली जग्गामाथी ब्यक्तिगत रजाई नै चलेको छ ।

नेपाल भारत सिमा पारीको बाल्मिकिनगरमा रहेको गण्डक हेर्ने भूआर्जन कार्यालय र नेपाली पक्षबाट समेत यो बिषयमा ठोस पहल भएको देखिदैन ।बजार क्षेत्र र मानिसको चहलपहल नहुने ग्रामीण क्षेत्र भएकाले समेत यस तर्फ राज्यको ध्यान केन्द्रीत हुन सकेको छैन ।

अर्को कुरा गण्डक क्षेत्र भित्रका जग्गा र निजि जग्गाको यथार्थ नापजाँच समेत भएको देखिदैन ।जसका कारण पटक पटक बिवाद र उल्झन आउने गरेको छ ।यसै कारण पनि गण्डक आफै बन्धक बन्दै गैरहेको छ ।नारायणी नदिबाट भारतले लगेको नहर किनारका अधिकाङ्स जमीन गण्डक क्षेत्रमा पर्ने भएपनी उक्त जमिन संरक्षण अभावमा बेवारिसे जस्तै बनेको छ भने अर्कातिर दिनहुँ अतिक्रमणको चपेटामा पर्दै गएको छ ।

एकातिर सुस्ताबासी आफ्नो भूमि जोगाउन दिनहुँ एसएसबी सग लड्ने र सदन सम्म आवाज पुग्ने तर त्यही क्षेत्रमा रहेको गण्डक क्षेत्रको जग्गा अतिक्रमण हुँदा समेत सरोकारवाला निकाय उदासीन देखिनुले राज्यको समान अवधारणामाथी प्रश्न खडा हुने गरेको छ।”यो पनि त नेपाली भूमि हो,एउटा ब्यक्तिको लफडाले मात्रै चर्चा पाउछ,अब यो सबै जग्गाको बिषयमा बोलीदिने को”एक स्थानीयले भने ।

अर्का तर्फ नारायणी नदिबाट लगिएको नहरबाट भारत उत्तरप्रदेशको दुई लाख ५० हजार हेक्टर जमीनमा सिँचाइ हँदै आएको छ । नेपाली भूभाग हुँदै भारत लगिएको नहरका दुवै किनारमा रहेको लाखौंँ हेक्टर नेपाली खेतीयोग्य जमीन डुबानमा पर्ने गरेको छ । भारत लगिएको नहरका कारण वर्षात्को बाढीले निकास नपाउँदा नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।तर यस बिषयमा समेत ठोस पहक भएको देखिदैन । सिमाना नदी मानिएको गण्डकको बहाव नेपाली भूभागतर्फ बढ्दै गएर वर्षेनी हजारौंँ खेतीयोग्य जमीन कटान गर्दै लगेको स्थानीयवासी बताउँछन् ।

यता गण्डक नहर निर्माणका समयमा नेपाल तर्फ झण्डै ५० बर्ष अघि निर्माण गरिएका पुल र कल्भर्टहरु जिर्ण भएर भाचिन थालेका छ्न भने अत्याधिक रुपमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।यस तर्फ पनि कुनै ठोस पहल कदमी भएको देखिदैन ।आफ्नै जनिम छेउबाट आफ्नै देशको नदि हुँदै भारत तर्फ लगिएको नहर र नहर छेउमा हिउँदमा अभावले जमिन सुख्खा हुनु र बर्षायाममा नहरकै कारण सयौ बिघामा लगाईएको बाली डुब्नु किसानको बिडम्बना बनेको छ।तर बोलिदिने कोहि भएन उनिहरुको सधैंको गुनासो रहिरह्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ