+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनवल नगरपालिकाद्वारा ३सय २१ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हाम्रो आँखा
२०८३ श्रावण १, शुक्रबार १९:१३

सुनवल, नवलपरासी। सुनवल नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको  शिक्षामा पहुँच बढाउने उद्देश्यले मेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत ३सय २१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।

नगरपालिकाले प्रत्येक विद्यार्थीलाई ३ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो। यस कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुग्ने विश्वास नगरपालिकाले जनाएको छ।
त्यसैगरी, क्याम्पस तहमा अध्ययनरत एक जना छात्रालाई उच्च शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले ४० हजार रुपैयाँ विशेष छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिईन ।”रकम धेरै थोरै भन्दा पनि अद्ययन हौसलाका लागि प्रोत्साहन हो”उनले भनिन

शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएकाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताईन। उनले आगामी वर्षहरूमा पनि छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ