+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटमा विश्वकप हेर्दै ३५ जनाले गरे रक्तदान

हाम्रो आँखा
२०८३ असार २८, आईतवार १३:१९

नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाटमा फिफा विश्वकप फुटबलको रोमाञ्चक खेलसँगै रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

बर्दघाट–४ स्थित कुमुदिनी इङ्ग्लिस बोर्डिङ स्कुलले आइतबार बिहान अर्जेन्टिना र स्विट्जरल्याण्डबीच भएको विश्वकप क्वार्टरफाइनल खेल हेर्दै रक्तदान कार्यक्रम सञ्चालन गर्ने ब्यवस्था मिलाएको हो । बिहान ६:४५ बजेदेखि सुरु भएको खेल हेर्दै रक्तदान गर्ने विशेष व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार कार्यक्रममा विद्यार्थी अभिभावक, स्थानीय तथा अन्य सहभागी गरी ३५ जनाले रक्तदान गरेका छन्। खेलको रोमाञ्चसँगै सामाजिक उत्तरदायित्व जोड्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालय सञ्चालक कमला शर्माले जानकारी दिईन ।

फुटबलप्रेमीहरूले विश्वकपको महत्त्वपूर्ण खेल नछुटाई रक्तदान गर्न सकून् भन्ने उद्देश्यले ठूलो पर्दामा खेल अवलोकनको समेत ब्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । खेल हेर्दै रक्तदान गर्ने फरक शैलीको कार्यक्रमले सहभागीहरूमा उत्साह थपेको आयोजकको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ