+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुत्र नचल्दा नवलपरासीका पालिकामा भूक्तानीको समस्या

हाम्रो आँखा
२०८३ असार २५, बिहीबार १८:४९

नवलपरासी,पश्चिम्।पश्चिम् नवलपरासीका स्थानीय तहमा भुक्तानीको चाप बढेका बेला आर्थिक कारोबार गर्ने सफ्टवेयर स्थानीय सञ्चित कोषको व्यवस्थापन प्रणाली (सूत्र) नचल्दा समस्या भएको छ । आर्थिक वर्षको अन्त्यमा योजना तथा कार्यक्रमको भुक्तानीको चाप बढिरहेका बेला सूत्रले राम्रोसँग काम नगरेपछि स्थानीय तहमा भुक्तानीमा समस्या भएको हो । देशैभरी नै यो समस्या हरेक बर्षको आर्थिक बर्षको अन्त्यतिर हुने गर्दछ ।

स्थानीय तहको सबै आर्थिक कारोबार (स्थानीय सञ्चित कोष, राजस्व, खर्च, धरौटी, विविध कोष आदि कारोबारहरूको बजेटिङ, लेखांकन र प्रतिवेदन) यही सफ्टवेयरमार्फत हुने गर्छ । हिजो दिनभरीमा बल्लतल्ल ४ वटा मात्रै भुक्तानी भएको र निकै स्लो भएकोले कठिनाई भएको सुस्ता गाउँपालिकाका लेखा अधिकृत राजु सुबेदीले बताए ।

आर्थिक वर्षको अन्त्यमा भुक्तानीको चाप बढेपछि केही दिन यता निकै सुस्त गतिमा सफ्टवेयर चलेको स्थानीय तहहरूको गुनासो छ ।”आज दिउँसो ३ बजेदेखि एक फन्को पनि घुमेको छैन,अझै १६ वटा जति फाईलको भुक्तानी बाकी नै छ,ठुला बजेटका पनि रोकिएका छ्न”बर्दघाट नगरपालिकाका लेखा प्रमुख बिष्णुलाल पुरीले भन्नू भने ।

 

महालेखा नियन्त्रक कार्यालयले असार २५ गते अर्थात आज राति १२ बजेदेखि प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू बन्द हुने परिपत्र गरेको छ । त्यसो हुँदा धेरै योजनाको भुक्तानी रोकिन सक्ने स्थानीय तहहरूको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ