+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपा बर्दघाट नगर सभापतिमा रिमाल,सर्वसम्मत समिति चयन

हाम्रो आँखा
२०८३ जेष्ठ १५, शुक्रबार २२:४९

बर्दघाट ।पश्चिम नवलपरासीको बर्दघाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगरकमिटिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नगर कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।

अधिवेशनले प्रकाश रिमाललाई नगर सभापति चयन गरेको छ भने सूर्य बहादुर आले नगर उपसभापति चयन भएका छन् । त्यसैगरी भवानी शङ्कर भट्टराई सचिव, विजया गैरे सहसचिव चयन भएका छन् ।
सदस्यहरूमा शोभाकर भुषाल, अर्जुन प्रसाद शर्मा मरासिनी, राज बहादुर पोख्रेल, सुधिर पौडेल, गौतम ऋषि चौधरी, चन्द्रकुमारी थापा, सम्झना यादव, गीता भट्टराई तथा कविता रेग्मी अधिकारी चयन भएका छन् ।

कार्यक्रम प्रकाश रिमालको अध्यक्षता तथा संघीय सांसद बिक्रम खनाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्याल लगायतको उपस्थिति तथा सम्बोधन रहेको थियो ।

अधिवेशनमा सहभागी वक्ताहरूले संगठन विस्तार, सुशासन, पारदर्शिता र जनतामुखी राजनीतिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

हाम्रो आँखा

ट्रेन्डिङ